रुकुम घटना : ३४ जनाविरुद्ध कर्तव्य ज्यानसहित ४ वटा कसुरमा मुद्दा दर्ता

12.94K
shares

रुकुम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाको सन्दर्भमा आज रुकुम जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालले घटनाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत आइतवार दिउँसो मुद्दा दर्ता भएको हो। जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराका अनुसार उक्त घटनामा ३४ जनाविरुद्ध बिभिन्न ४ वटा कसुरसहित मुद्दा दर्ता भएको हो।

घटनामा संलग्न भनिएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभाव कसुरमा अभियोग दर्ता गरिएको छ भने एक जनालाई उक्त कसुरको मतियार अभियोग लगाइएको छ।घटनामा संलग्न भनिएका र अभियोग दर्ता गरिएकामध्ये २९ जना पक्राउ परिसकेका छन्। अन्य ५ जना फरार रहेका छन्।

‘आज अभियोग दर्ताको काम मात्रै भएको छ, भोलीदेखि बयानको काम शुरु हुन्छ’, श्रेस्तेदार बोहराले भने, ‘बयान सकिएपछि थुनछेक बहस हुन्छ र त्यसमा पनि अभियोगमा संलग्न बालबालिकालाई शुरुमा समय दिइन्छ।’ उक्त घटनामा मुद्दा दर्ता भएका २ जना बालबालिकासमेत छन्।

अन्तरजीय प्रेमविवाहको बिषयमा भएको उक्त घटनामा प्रतिवादी वडाअध्यक्ष डम्मरबहादुर मल्लसहित भगाएर लिन खोजिएकी १७ वर्षीया किशोरी, उनका आफन्त र स्थानीयबासी छन्।
उनीहरुलाई जन्म कैददेखि आजीवन सजायसम्मको माग गरिएको छ। सोतीका स्थानीयको आक्रमणका क्रममा केटी भगाउन भनेर जाजरकोटबाट चौरजहारीको सोती आएका  भेरी नगरपालिकाका नवराज विकसहित ६ युवकले ज्यान गुमाएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083