आजदेखि सबै सपिङ मल खुल्ने

9.48K
shares

काठमाडौं । काठमाडौं उपत्यकाको सबै सपिङ मल आजदेखि खुल्दैछन् । ८३ दिनदेखि बन्द रहेका सपिङ मल लकडाउनको खुकुलो भएपछि संचालन हुन लागेको हो ।

सरकारले सपिङ मल अहिले नै नखुलाउने निर्णय गरेको छ तर व्यवसायीले भने लामो समय बन्द हुँदा समस्यामा बढ्दै गएको भन्दै खुल्ला गर्ने निर्णय गरेका छन् । आर बि कम्प्लेक्स, पिपुल्स प्लाजा, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टर लगायतका मल सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका हुन् ।

लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीले मल सञ्चालन गर्न लागेका हुन् ।

व्यसायीले काममा फर्कनु पर्ने कुनै रहर नभई बाच्नको लागि बाध्यता भएको बताएका छन् । उनीहरुले सरकारले अन्य पसल सञ्चालन गर्न दिने तर सपिङ मल सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोरोनाबाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मल खोल्ने निर्णय गरेका हुन् ।

व्यवसायीले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083