दाइद्वारा ९ वर्षीय बहिनी बलाकृत!

8.61K
shares

कञ्चनपुर। कञ्चनपुरमा ९ बर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० की ९ बर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली घर भई कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ बर्षीय बीरेन्द्र दयाल पक्राउ परेका हुन्।
उनले फुपुकी छोरीमाथि बलात्कार गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बालिकाका परिवारका सदस्यले दयालका बिरुद्ध जाहेरी दिएको जानकारी दिए। उनले पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको बताए।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले घटना बारे अनुसन्धान भईरहेको बताएको छ । स्थानीयले घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

लकडाउनको मौका छोपी यसरी बालिकामाथि बलात्कार तथा जघन्य घटना भएको भन्दै कञ्चनपुरका महिला अधिकारकर्मीहरूले समेत घटनाको घोरभत्रत्सना गरेका छन् । महामारीका बेलामा पनि बालिकामाथि बलात्कारका घटना नरोकिएको भन्दै दुख व्यक्त गरेका छन् ।


divya collage
unigloble collage