तुलसीपुरमा तीन प्रकारका क्वारेन्टाइन, व्यक्तिले रोजेर बस्न पाउने

7.71K
shares

दाङ : तुलसीपुर उपमहानरमा विदेशबाट आउने व्यक्तिहरु क्वारेन्टाइनमा बस्ने तीनवटा क्षेत्र रोज्न पाउने भएका छन्।

उपमहानगरपालिकाले विदेशबाट आउने व्यक्तिहरुलाई कम्तीमा पनि १४ दिनसम्म बस्न होम क्वारेन्टाइन, पेइङ क्वारेन्टाइन र उपमहानगरले बनाएको क्वारेन्टाइनमध्ये एकमा बस्न पाउने उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

होम क्वारेन्टाइनमा बस्न चाहनेले घरमा अलग्गै ट्वाइलेट, बाथरुमसहितको कोठा, घर परिवार र टोल तथा वडा कार्यालयको सिफारिस तथा सहमति र सम्बन्धित वडामा रहेको क्वारेन्टाइनमा बसेको स्वास्थ्यको टिमको निगरानी हुने गरी सहमति आवश्यक पर्दछ। त्यसैगरी उपमहानगरपालिकाले नै बनाएको क्वारेन्टाइनमा बस्न सक्नेछन्।

त्यसैगरी  विभिन्न देशबाट पिसिआर नेगेटिभ भएर आएकाहरुलाई उनीहरुको इच्छाअनुसार सुविधायुक्त होटेलहरुमा राख्नका लागि  पेइङ क्वारेन्टाइनको व्यवस्था गरिएको छ। पेइङ क्वारेन्टाइनका लागि तुलसीपुरका विभिन्न होटेल व्यवसायीहरुसँग छलफल गरिएको समेत केसील्े बताए।
‘बाहिरबाट आउने मान्छेको संख्या हेरेर कतिवटा होटेल प्रयोग गर्ने भन्ने योजना बनाएका छौं,’ फोकल पर्सन केसीले बताए, ‘होटलमा बस्दा लाग्ने खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्दछ। होटलको सहमति, स्वास्थ्य महाशाखाको सहमति, कोरोना जाँच गरेको कागज भएमा १४ दिन सम्म बस्नु पर्दछ।’ अहिले भारत, थाइल्याण्ड, ओमन, साउदी अरबियालगाएतका देशबाट आएका सातजना पेइङ क्वारेन्टाइनमा बस्दै आएका छन्।

तुलसीपुर उपमहानगरमा अहिलेसम्म ६२१ जना क्वारेन्टाइनमा बस्दै आएका छन्। उपमहानगर अहिले ७१२ बेडको क्वारेन्टाइन बनाएको छ।  त्यसैगरी उपमहानगरमा १० जनालाई कोरोना पुष्टि भएको छ। उपमहानगरले ५० शय्याको आइसोलेसन कक्ष बनाएको  छ।


divya collage
unigloble collage