राष्ट्रपति सग प्रचण्डको आग्रह, प्रधानमन्त्री ओलीको निजि स्वार्थमा पदको दुरुपयोग नगर्नुस् !
वि.सं.२०७७ असार १९ शुक्रवार ०९:५१
shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ। सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका प्रचण्डले कसैको व्यक्तिगत स्वार्थमा नलागी देशको अभिभावकीय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेका हुन्।
राष्ट्रपति कार्यालय निकट स्रोतका अनुसार भेटवार्तामा विकसित राजनीतिक घटनाक्रम र त्यसको निकासबारे प्रचण्डले छलफल गरेका छन्। स्रोतका अनुसार जवाफमा राष्ट्रपति भण्डारीले सबै मिलेर अघि बढ्न सुझाएकी छन्।
सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकी राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड शीतल निवास पुगेका थिए। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए।
































