राष्ट्रिय वाणिज्य बैंकद्वारा केयर रेटिङ्गसमा ‘ए प्लस’ प्राप्त

7.8K
shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्वारा गरिएको रेटिङ्गसमा ‘ए प्लस’ रेटिङ्गस प्राप्त गरेको छ ।

केयर रेटिङ्गसमा ‘ए प्लस’ रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक गत आव २०७५/०७६ मा सबैभन्दा बढी पाँच अर्ब चार करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको र आव २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083