ग्याङफाइटमा धारिलो हतियारको प्रयोग : २ जना पक्राउ
वि.सं.२०७७ साउन ३ शनिवार १३:३४
8.83K
shares
shares

कैलालीको धनगढीमा धारिलो हतियार प्रहार गरी घाइते पारेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट खुकरी र तरवार समेत बरामत भएको प्रहरीले जनाएको छ ।
राजपुरका २३ वर्षीय निरज भट्ट र २२ वर्षीय गणेश धामीमाथि धारिलो हतियार प्रहार भएको थियो ।
घटनामा संलग्न भएको आरोपमा धनगढी –३ का २२ वर्षीय सन्नी नेपाली र वडा नम्बर २ का २२ वर्षीय दिपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बडहराबाट खुकुरी र तरवारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पूर्व रिसिबीको कारण झैझगडा हुदाँ हतियार प्रहार गरेको खुल्न आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















