कान्तिपुर पव्लिकेशनलाई दिए पत्रकारहरुले ‘दुई रुपैयाँ’

8.68K
shares

काठमाडौं। कोरोनाको बहाना बनाई पत्रकारहरुलाई बिना पारिश्रमिक सेवाबाट निकालेको, बेतलवी बिदा बस्न बाध्य पारेको र श्रमजीवी पत्रकार ऐन कार्यान्ययन नगरेको भन्दै पत्रकारहरुले कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई रु. दुई प्रदान गर्ने अभियान थालेका छन् ।

आज १० : ३० बजे श्रमजीवी पत्रकारको पक्षमा प्रदर्शन गर्ने कार्यक्रम रहेको र नयाँ बानेश्वरमा भेला भई कान्तिपुरको थापाथलीस्थित कार्यालयमा पुगेर धर्ना दिई उक्त रकम कान्तिपुर ब्यवस्थापनलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए ।

प्रेस संगठन नेपाल, काठमाडौंका संयोजक सागर पन्तले पत्रकारहरुलाई कान्तिपुर जस्तो बिग हाउसले पारिश्रमीक नदिएको र बेतलवी बिदा बस्न बाध्य पारेको भन्दै साङ्केतिक रुपमा बिरोध गरिएको बताए ।

२७ बर्षदेखि निरन्तर मुनाफा कमाएको कान्तिपुरले कोरोना संकटको मौका पारेर अमानवीय तरिकाले निकालिएका पत्रकार तथा श्रमजीवीहरुको पुर्नबहाली गर्नुपर्ने विभिन्न संगठनहरुको माग रहेको छ ।

उनीहरुले कोरोना महामारीको मौका छोपी पत्रकारहरु तथा श्रमजीवीहलाई अपमानजनक तरिकाले निलम्बन गरेको, लकडाउन अवधिको पत्रकार तथा श्रमजीवीहरुलाई तलब नदिएको र न्युततम पारिश्रमिक लागु नगरेको भन्दै देशको सबभन्दा ठूलो मिडिया भन्दै चिनाउने कान्तिपुरको कार्यालयमा धर्ना बसेका हुन् ।


unigloble collage
baneshwor multiple campus ad -2083