जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरी मारिए
वि.सं.२०७७ साउन ४ आइतवार १९:३०
9.78K
shares
shares

एजेन्सी : अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् ।
देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद अरिनले सिन्ह्वालाई भने, “सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिबार राती भएको विस्फोटनको घटनामा परी मृत्यु भएको छ ।”
उनका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको छ । प्रहरी अधिकारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा दुर्घटनामा परेको उहाँको भनाइ छ ।
































