न्यायाधिशको घरमा बन्दुकधारीको आक्रमण : न्यायाधिशका छोराको मृत्यु

13.88K
shares

अमेरिकामा संघीय अदालतका न्यायाधीशको घरमा आक्रमण गर्ने व्यक्तिको नाम संघीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ ।

आइतबार बेलुका भएको आक्रमणमा न्यू जर्सीकी न्यायाधीश एस्टेर सालेसका २० वर्षे छोरा डानियल एन्डलको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणकारीको नाम रोय डेन होल्याण्डर रहेको एफबिआईले जनाएको छ । एफबिआईले बन्दुकधारीबारे थप जानकारी दिएको छैन । एस्टेरका श्रीमान गम्भीर घाइते भएका छन् ।

फेडेक्स डेलिभरी म्यानको पोसाकमा रहेका होल्याण्डरले न्यायाधीश एस्टेरको घरमा गई (स्थानीय समय अनुसार आइतबार बेलुका पाँच बजे) घण्टी बजाएका थिए । ढोका खुले लगत्तै उनले गोली चलाएका हुन् ।

न्यायाधीश एस्टेरको नाममा रहेको प्याकेज ती व्यक्तिको कारमा पाइएको स्रोतले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।