इन्सपेक्टर अमिर दाहालको परिवारलाई १० लाख क्षतिपूर्ति
वि.सं.२०७७ साउन ७ बुधवार १९:२३
8.62K
shares
shares

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विष्फोटमा परेर ज्यान गुमाएका इन्सपेक्टर अमिर दाहालको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने भएको छ ।
साउनमा ५ बसेको मन्त्रिपरिषद्को बैठकले इन्सपेक्टर दाहालसहित सो विष्फोटमा ज्यान गुमाएका स्थानीय राजेश शाह र उनका छोरा आनन्दको परिवारलाई जनही १० लाख दिने निर्णय गरेको हो ।
०७६ मंसिर २८ मा भएको विष्फोटमा परेर उनीहरुको निधन भएको थियो । महेन्द्रनगर बजारबाट उत्तरतर्फ कुचाईटोलमा राजेश शाहको घर बाहिर बिजुलीको पोलमा राखेको बम हटाउँदा इन्सपेक्टर दाहालसहित ३ जनाको निधन भएको थियो ।
















