‘केपी ओलीलाई विदा गरौँ, अपराधको संरक्षक न्यायाधीशमाथि महाअभियोग लगाऔं’ : डा. भट्टराई

7.16K
shares

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।

उनले ट्वीटरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री पर्ने उल्लेख गरेका छन्।

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला भट्टराईले अपराधको संरक्षण गर्ने न्यायाधीशलाई पनि महाअभियोग लगाउन पर्ने माग गरेका छन् ।

यस्तै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुपर्नेसमेत बताएका छन् ।

उनकाे स्टाटस् जस्ताकाे तेस्तै : 

देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!