अनेरास्ववियू नेता भण्डारीको टिप्पणी: “नीति र नेतृत्व” बारे कुखुरे बुझाइ !
वि.सं.२०७७ साउन १० शनिवार १४:४५
shares

काठमाडौ। नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता तिलक राजभण्डारीले निति र नेतृत्व बारे कुखुरे बुझाइ भएको टिप्पणी गरेका छन् ।
सामाजिक संन्जाल फेसबुक मार्फत उनले अनेरास्ववियूका संयोजक एन महरको फेसबुक स्टाट्सलाई लक्षित गरेर उनले संयोजक महरको बुझाइ कुखुरे बुझाइ भएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्- “अाजकाे सन्दर्भमा कमरेड प्रचण्डले भनेकाे “जसकाे नीति उसकाे नेतृत्व”काे अर्थ नेकपाकाे नीति नेकपाकाे नेतृत्व नै हाे । यसलाई पुर्व एमाले वा पूर्व माअाेवादी अर्थात अमूक गुटकाे विचार वा नेतृत्वकाे अर्थ लगाउने कुखुरे बुझाइप्रती दया लाग्छ !
अाज नेकपाकाे दस्तावेजमा तत्कालिक कार्यदिशाकाे रुपमा ” समाजवाद उन्मुख जनताकाे जनवाद” हुँदै समाजवाद निर्माण गर्ने कार्यदिशा नै पार्टीकाे अफिसियल कार्यदिशा हाे । साेहि कार्यदिशाकाे नेतृत्व गर्ने पार्टी र नेतृत्व निर्माण गर्ने बहसमा सहभागी बनाैं । षड्यन्त्र र चाकडी गर्ने पाँडे तरिकाले समस्याकाे सामाधान हुँदैन” उनले सामाजिक संन्जालमा लेखेका छन्।
संयोजक ऐन महरले जनताको बहदुलिय जनवादको नीति वर्तमान समयको अपरिहार्यता रहेको औंल्याउँदै जबजको पक्षधरकै नेतृत्व हुनुपर्नेमा जोड दिदै फेसबुकमा मार्फत- प्रचण्डले दिएको हिजोको अभिव्यक्ति ‘जसको नीति उसकै नेतृत्व’ प्रति आफुले पूर्ण रुपमा समर्थन र अध्यक्ष प्रचण्डले अबको नेकपाको नीति तथा विषय बढो स्पष्ट पारेको भन्ने स्टास्ट्स लेखे पछि नेता भण्डारीले महरको स्टास्ट्सलाई लक्षित गर्दै कुखुरे बुझाई भएको टिप्पणी गरेका हुन् ।





















