अनेरास्ववियूूको ज्ञापनपत्र: विद्यार्थीको जीवन भन्दा परिक्षा महत्त्वपूर्ण होइन!

22.76K
shares

काठमाडौ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रिय समितिले त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गर्दै तत्काल परिक्षा नगराउन र परिक्षा गर्दा स्वास्थ सुरक्षाको विधिहरु सहित विद्यार्थीलाई पाई पर्ने स्थानमा परिक्षा गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रकलाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा विद्यार्थीहरुको कोरोना टेस्ट गर्न, विद्यार्थी सग विद्यार्थी बिमा लिएको पाँच सयको रुपैयाँ कोरोना बीमा गराउन समेत माग गरेका छन् ।

अनेरास्ववियू केन्द्रिय सदस्य नेता पवन कार्कीसहित विद्यार्थी नेताहरूको उपस्तिथिमा परिक्षा नियन्त्रण कार्यलय बल्खुमा उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

उक्त ज्ञापन पत्र बुझ्दै परिक्षा नियन्त्रक प्रमुख पुष्पराज जोशीले त्रिभुवन विश्वविद्यालय जबर्जस्ति परिक्षा लिने पक्षमा नरहेको बताएका छन् ।

उनले विद्यार्थीहरुको सम्पुर्ण अवस्थालाई मध्यनजर गरेर विद्यार्थीलाई समस्या नहुने गरी परिक्षा गर्ने र परिक्षा सबै भदौ दोस्रो साता त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने जानकारी गरेको थियो ।

व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएका थिए ।

नयाँ परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन । सरकारले भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन गर्ने निर्णय गरेकाले परीक्षा सञ्चालन गर्न लागिएको सहायक डीन प्रा.डा. ध्रुवकुमार गौतमले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083