हलिउड अभिनेत्री ओलिभियाको १०४ वर्षको उमेरमा निधन

8.1K
shares

हलिउड अभिनेत्री ओलिभिया डे हेभिल्याण्डको १ सय ४ वर्षको उमेरमा निधन भएको छ ।

हलिउडमा ५० वर्षको करिअर बनाएकी ओलिभियाले ५० बढी फिचर फिल्ममा अभिनय गरेकी थिइन् ।

साथै आफ्नो समकालिन कलाकारमा उनी सबैभन्दा धेरै उमेर बाँच्ने कलाकार समेत हुन् ।

ओस्कारमा विजेता बनिसकेकी ओलिभिया १९६० देखि पेरिसमा रहँदैआएकी थिइन् ।

ओलिभिया सबैभन्दा धेरै वर्ष बाँच्ने ओस्कार विजेता कलाकार समेत बनिन् ।