यस कारण लागे त्रिवि उपकुलपति कार्यालयमा तीन ताला

6.41K
shares

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको काम गर्ने शैलिप्रति असन्तुष्ट तीनवटा समूहले ताला लगाएका छन्।

बास्कोटासँगै शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुषाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा पनि ताला लागेको छ।

तीनवटै पदाधिकारीको कार्यकक्षमा यसअघि नेपाल विद्यार्थी संघ र प्रजातन्त्रवादी प्राध्यापक संघले ताला लगाएका थिए।

आइतबार लोकतान्त्रिक प्राध्यापक संघले पनि ताला थपेका छन्। तीन समूहले फरक फरक ताला लगाएका कारण एकै कार्यालयमा तीन वटा ताला लागेको छ।

बास्कोटासहितका नेतृत्वले त्रिविका विभिन्न संकायमा डिन तथा सहायक डिन नियुक्ति गर्दा मनपरी गरेको, क्याम्पस प्रमुख नियुक्त गर्दा पनि दलीय आस्थाको आधारमा वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई काँखी च्यापेको तथा त्रिवि सुधारका लागि विगतमा गरेको प्रतिवद्धता पूरा गर्नेतर्फ चासो नदिएको असन्तुष्ट समूहले आरोप लगाएका छन्।

असन्तुष्ट समूहले त्रिवि प्रशासन समक्ष ३३ प्रकारका माग राखेका छन्। तालाबन्दीका कारण सबै कार्यालयको काम ठप्प छ।


divya collage
unigloble collage