केपी ओलीलाई दुवै पदबाट विदा गर्नुपर्छ : वर्षमान पुन

18.99K
shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता वर्षमान पुनले अब पार्टीको विधिमाथि कुनै पनि नेता नहुने धारणा राखेका छन्।

आफूलाई भेट्न आएका आफ्ना निकट कार्यकर्ताहरुसँग निवासमा मंगलवार कुराकानी गर्दै पुनले मिलाउनका लागि सबै प्रयासलाई प्रधानमन्त्री केपी ओलीले धोती लगाएको बताउँदै समझदारीमा एउटा पद र विवाद कायम भइरहदा दुवै पदबाट विदा दिनुपर्ने मत राखेका छन्।

सबैसँग सन्तुलन मिलाउन जान्ने पुनले सदा आफ्नो स्वभावभन्दा फरक प्रस्तुति गर्दै भने, ‘केपी ओली भनेको गोमन साँप हो। उसको टाउकामा हानिसकेपछि पनि पुच्छर हल्लिरहेमा फर्केर पनि त्यसलाई आक्रमण गर्नुपर्छ।

सर्प हल्लेको बचेको सर्पले १२ वर्षपछि पनि आक्रमण गर्ने व्यक्तिलाई टोक्न सक्छ। केपीसँग कि आत्मसमर्पण गर्ने नत्र उनलाई नेस्तानावुद गर्नुपर्छ ।

केपीमा वदला भाव भएकाले सम्झौता लामो समय नटिक्ने उनको मत रहेको छ।

पार्टी फुटाउन सजिलो बनाउने विधेयक र संवैधानिक आयोगमा नियुक्तिमा प्रतिपक्ष नचाहिने भन्ने अध्यादेशको क्याविनेटमा विरोध गरेपछि आफू सरकारबाट हट्न तयार भएको बताउँदै पुनले अब पार्टीको वहुमत एकातिर र केपीको नेतृत्वमा सरकारमा रहिरहनुले नैतिक प्रश्न खडा भएकाले केपीलाई राजीनामा माग्ने र उनले नदिए तत्काल आफ्ना पक्षका मन्त्रीहरुले राजीनामा दिनुपर्ने, केपीले हटाएर छाड्नुपरेको अवस्थामा पहलकदमी गुम्ने बताए।

केपीलाई एउटा होइन दुवै पदबाट छोडाउनका लागि पार्टीभित्र र वाहिर सशक्त अभियान चलाउनुपर्ने उनको दृढ मत रहेको छ।

सबैतिर मिलाउन सक्रिय पहल गरिरहेका ऊर्जामन्त्री वर्षमान पुनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका विरुद्धको यो अभिव्यक्ति र सक्रियताले प्रधानमन्त्री केपी ओली निकै संकटमा परेको सहजै अनमाुन लगाउन सकिन्छ। झिल्को डटकमबाट


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083