यस कारण आयो मन्त्री भट्टलाई टाउको काट्ने धम्की

7.25K
shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । बझाङका एक जनाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) परियोजनालाई समर्थन गरेमा ‘टाउको काट्ने’ धम्की आएको मन्त्रि भट्टले बताए ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले भने, ‘अस्ती मलाई एउटा फोन आयो, सुदुरपश्चिमको बझाङ जिल्लाबाट एमसीसीको विषयमा । तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ । शब्दै यही छ । अनि मैले भाइ तपाईले पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो ।’

‘मन्त्रालयले कानुनको कार्यान्वयनमात्रै गरेको हो । मिडियामा नेटवर्किङ गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’, उनले प्रश्न गरे । नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083