नेपालमा काेराेना संक्रमित संख्या २१ हजार ३९० पुग्यो
वि.सं.२०७७ साउन २१ बुधवार १६:३९
5.93K
shares
shares

थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ ।
यस्तै हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ ।
ज्यान गुमाउनेको संख्या ६० पुगेको बताए ।































