सत्ता र सक्तिको आडमा भीम अस्पताल, अहेबको छायाँमा मेसु

14.6K
shares

काठमाडाैं। नियम बिपरित भीम अस्पतालका मे.सु. डाक्टर नविन दर्नालले सुचना अधिकारी नियुक्ति गरेको खुलासा भएकाे छ ।

रुपन्देहीको पुरानो भीम अस्पताल भैरहवामा अधिकृत स्तरका प्रशासन तथा मेडिकल फिल्डका कर्मचारी हुँदाहुँदै कर्चारीहरुको सेवा अवधि, योग्यतालाई लत्याउँदै सत्ता र सक्तिको आडमा डाक्टर नविन दर्नालले सुचना अधिकारी जस्तो जिम्मेवारी पदमा करार सेवाका एक अहेवलाई सुचना अधिकारीको पदमा राखेकाे खुलासा भएकाे हाे ।

करिव ६ वर्ष अगाडी करार सेवाबाट भिम अस्पतालमा अहेव पदमा प्रवेश गरेका गोपाल उपाध्याय हाल भीम अस्पतालका सुचना अधिकारी (प्रवक्ता) रहेका छन् ।

यसको विरोध गर्न भीम अस्पतालका कर्मचारीहरुले सकिरहेका छैनन् ।

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा सुचना अधिकारी चिकित्सक नै रहनुपर्ने हो यदि त्यस्तो नभए प्रशासन तर्फका अधिकृत स्तरका कर्मचारी सुचना अधिकारी हुनुपर्ने हो तर यसमा दर्नालले नियमलाई मिचेर दुरुपयोग गरेको स्पष्ट देखिन्छ ।

सुचनाको हक सम्बन्धि ऐन, २०६४ र सुचनाको हक सम्वन्धि नियमावली २०६५ अनुरुप सुचनाको हक कार्यान्वयन निर्देशिकाले “सूचना अधिकारीलाई आफ्नो निकायका महत्वपूर्ण बैठकका निर्णयहरू, नीति तथा कार्यक्रमहरूका साथै निकायमा भएका महत्वपूर्ण सुचनाको बारेमा सम्पूर्र्ण जानकारी हुनपर्ने हुँदा तथा ऐनको दफा ६(२) मा कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रूपमा सूचना अधिकारीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेकोले कार्यालय प्रमुख भन्दा ठीक तलको पदका कर्मचारीलाई सूचना अधिकारीको जिम्मेवारी दिनु उपयुक्त हुनेछ” भनि स्पष्ट उल्लेख गरेको छ ।

दर्नालले उक्त निर्देशिकालाई लत्याएर करार सेवाका कर्मचारी गोपाल उपाध्यायलाई वि.सं २०७६ साल मंसिर ९ गते देखी सुचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत तथा सुचना अधिकारी जनक थापाले हरेक कार्यालयमा सुचना अधिकारी अनिबार्य रुपमा राख्नुपर्ने बताए ।

सुचना अधिकारी कम्तीमा पनि राजपत्राङ्कित कर्मचारी हुनुपर्ने बताउँदै सो नभएमा कार्यालयको सम्बन्धित सिनियर कर्मचारीलाई राख्न सक्ने बताए ।

चिकित्सक स्राेतको भनाई अनुसार दर्नालले भिम अस्पतालमा गरिने पोष्टमार्टम बापतको भत्ता पनि पोष्टमार्टम गर्ने चिकित्सकको नाममा आफैंले बुझ्ने, ल्यावमा काम गर्ने कर्मचारीले पाउने जोखिम भत्तामा समेत आफुले भाग लगाउने गरेको चिकित्सकहरु बताउँछन ।

बिदामा बसेकाहरु पनि आउँदा हाजिर गरेर पैसा लिने गरेका छन् । सरकारी कर्मचारीहरुलाई करार कर्मचारीले थर्काउँछन् । उनीहरु भत्ता खाने काम नगर्ने अनि उनीहरुकै नाम पत्रिकामा आउने यो त अति भएन र एक जना कर्मचारीले भने ।

अस्पतालमा कार्यरत चिकित्सकहरु दर्नाल र सुचना अधिकारी अहेव गोपाल उपाध्यायको दवावमा काम गर्नु परेको गुनासो गर्छन् ।

काम गर्न समेत असहज वातावरण भएको अस्पतालका नर्सहरु समेत बताउँछन् । कोरोनामा काम खटाएकालाई अहिले कार्यालय सहयोगिहरुलाई आफ्ना मान्छेलाई इन्ट्री गराएको तर एमबिबिएसलाई किन नराख्ने एक जनाले प्रश्न गरिन् ? नयाँ भन्दा पुरानालाई राखे राम्रो होला नि । मेसु र सुचना अधिकारीहरुको सम्बन्ध नातेदार जस्तो छ । समितिबाट आएको करार मान्छेको यस्तो पावर हुन्छ ? उसले जे गर्यो त्यही हुन्छ र धेरै पिडीत छन् ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ निवासी गोपाल उपाध्यायले युपी बोर्ड भारतबाट एसएलसी साथै आईएस्सी उत्तिण गरी कपिलबस्तु प्रवाधिक प्रतिष्ठानबाट सिएमए उत्तिर्ण गरेका हुन् । भिम अस्पतालका तत्कालिन मेसु डा. मनोहर जोशीको कार्यकालमा उनी २०६७ साल जेठ ३ गते करार सम्झौतामा २ महिनाका लागि अहेव पदमा कार्य सुरु गरेका हुन् ।


unigloble collage
baneshwor multiple campus ad -2083