बलात्कार अभियोगमा सशस्त्र प्रहरीका एसएसपी अधिकारी पुर्पक्षका लागि जेल चलान
वि.सं.२०७७ साउन २८ बुधवार ०८:१८
5.76K
shares
shares

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी जेल चलान भएका हुन ।
पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको अभियोग थियो । एसएसपी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ३१ असारमा पक्रेको थियो ।






























