डोटीको फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु,३१ जना घाइते
वि.सं.२०७७ साउन २८ बुधवार १२:३६
shares

डोटी । कैलालीबाट अछाम जाँदै गरेको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ स्थित तल्लो फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
३१ जना घाइते भएका छन् ।
भारतबाट फर्किएका यात्रु बोकेर धनगढीबाट अछामतर्फ जाँदै गरेको ना ६ ख २५२९ नम्बरको कर्णाली रिभरको बस आज विहान ६ बजेतिर सडकबाट झण्डै एक सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
सो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भए पनि कसैको सनाखत भने भएको छैन ।
प्रहरीले सबै यात्रु अछामका भएकाले सनाखत गर्न समस्या भएको बताएको छ ।
घाइतेहरुलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पतालमा ल्याइएको छ ।
वर्षाका कारण सडक चिप्लो भएकाले बस पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सो बसमा ३४ जना सवार थिए ।































