प्रज्वल सगै गुमेको परिवारको खुशी: न पार्टी हेर्छ, न सरकारले, बुढा बाआमा र भाइ वहिनिलाई कसरी पाल्ने ?
वि.सं.२०७७ साउन ३२ आइतवार ००:३९
shares

काठमाडौं । झण्डै १४ महिनाअघि बम विष्फोटबाट दाईको ज्यान गुमेपछि विचल्नीमा परेका प्रज्वल शाहीकी बहिनी कलसा शाहीलाई दुई सञ्चारकर्मीले आर्थिक सहयोग गरेका छन् ।
२०७६ जेठ १२ गते काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा भएको कुकर बम विस्फोटमा परी बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १ कैलास निवासी शाहीको मृत्यु भएपछि शाहीका दुई जना भाइहरु दिवस, विवस र एक बहिनीहरुलाई आर्थिक संकट पर्दै आएको छ ।
उनीहरुलाई काठमाडौंमा बस्न र पढ्न समस्या भएको प्रज्वलकी बहिनी कलशाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि राष्ट्रिय दलित पत्रकार संघ नेपाल काठमाडौँ उपत्यका कमिटीको उपाध्यक्ष गणेश विक र संघका बाग्मति प्रदेश सदस्य श्याम रोक्काले आर्थिक सहयोग गरेका छन् ।
कलशा शाहीलाई कान्तिपथ डटकममा कार्यरत विकले १५ हजार रुपैयाँ र अनेरास्ववियू केन्द्रिय सदस्य तथा मुक्तिखवर डटकमका सम्पादक समेत रहेका रोक्काले ३ हजार रुपैयाँ गरी १८ हजार रुपैयाँ शनिबार कलशालाई हस्तान्तरण गरे ।
काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा भएको कुकर बम विस्फोटमा परि २०७६ जेठ १२ गते प्रज्ज्वल शाहीको निधन भएको थियो । शाही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सीटीइभीटी इकाइका सभापति थिए ।
उनलाई नेकपाले सहिद घोषणा गरेको थियो । बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका शाहीले आफ्ना भाइबहिनीहरुलाई पनि पढाईका लागि सँगै काठमाडौं ल्याएका थिए ।
हाल उनीहरु कलंकीस्थित शालिक चोकमा बस्दै आएका छन् । https://www.facebook.com/MuktiOnline/videos/1152397528465800/






























