बेपत्ता चौधरीको शव फेला
वि.सं.२०७७ साउन ३२ आइतवार १९:०९
10.27K
shares
shares

File Photo
दाङ । दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नंं ७ चन्दनपुर निवासी २७ वर्षीय मनोज चौधरीको शव आज बिहान सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले फेला पारेको हो ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनी मोटरसाइकलमा पछाडि सवार व्यक्ति हुन् ।
मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुरजनारायण चौधरीको भने शनिबार राति नै शव फेला परेको थियो ।
पुलमा ठोकिँदा मोटरसाइकलसहित दुवै नदीमा खसेका थिए ।
ती शव अहिले परीक्षणका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।































