सिन्धुपाल्चोकमा कांग्रेस सभापति रक्सि खाएर टिल : सरकारी कर्मचारीमाथि कुटपिट

41.86K
shares

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति हुन् बालकृष्ण बस्नेत । सोमबार दिउँसै मादक पदार्थ सेवन गरेर बाह्रविसे बजारमा उदण्ड मच्चाएका छन् ।

बाह्रविसे बजारमा उनी सोमबार दादागिरी मच्चाइरहेका थिए । उनी नगरपालिकाका करार कर्मचारी लालबहादुर तामाङमाथि पटकपटक झम्टिँदै थिए । घरी बस्नेत बा १३ च ७८८५ नम्बरको आफ्नै गाडीमा तामाङलाई लखेट्दै अघि बढ्थे । घरि तथानाम गाली गर्थे ।

बिहानैदेखि नशामा झुम्मिएर बसेका बस्नेतले चण्डेश्वरी होटल नजिकै चोकमा नगरपालिकामा करारमा कार्यरत लालबहादुर तामाङलाई कुटपिट गर्न खोजेका थिए । आफूलाई कुटपिट गर्न खोजपछि उनी भागेर नगरपालिकामा आएर लुकेका थिए । बस्नेत आफुलाई कुटपिट गर्न खोजेको र ज्यानमार्ने धम्की समेत दिएपछि तामाङले इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएका छन् । उजुरीमा बस्नेतमाथि कडा कार्वाहीको माग गरिएको छ । तामाङले आफ्नो जिउधनको सुरक्षाको माग समेत गरेका छन् । तर प्रहरीले अहिलेसम्म बस्नेतलाई पक्राउ गरेको छैन ।

गाडीबाटै तामाङलाई लखेट्दै गर्दा चोकमा रहेका दुई युवाले बस्नेतलाई सम्झाएर गाडीमा हालेका थिए । बस्नेत चोकमा आएर नगरपालिकाभित्र प्रवेश गर्न खोजे पनि ती युवाले रोकेका थिए । जुन दृष्य सिसिटीभी फुटेजमै देख्न सकिन्छ । त्यहाँबाट अघि बढेका बस्नेतले जुरेमा रहेको क्रसरमा पुगेर टिपर तोडफोडसमेत गर्न भ्याए । क्रसरको बा ३ क ३४२९ नम्बरको टिपर बस्नेतले ढुगामुडा गरेर तोडफोड गरेको क्रसर सञ्चालक बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकमा लकडाउन गरेको छ । तर शक्तिको आड देखाउँदै क्षेत्रीय सभापति बस्नेत भने दिउँसै मादक पदार्थ सेवन गरेर नगरबासीलाई त्रसित बनाइरहेका छन् । बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा मोहनबहादुर बस्नेतका काकाको छोरा हुन् । पूर्वमन्त्री बस्नेतका बुवाको मृत्यु भएको १२ औं दिन भएको छ । उनी शोकमा केश मुण्डन गरेर दिउँसै मादक पदार्थ सेवन गरी बाह्रविसे नगरपालिकाका कर्मचारीमाथि हातपात गर्न तम्सिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083