पिर नगर अर्को तिजमा लिन आउँला है

Nepal Life Insurance Long Ad

यसपालीको तीजमा दिदी लिन आउन पाइन नि
कोरोनाको डर भो सारै हर्ष छैननी ।।

यस्तो रोग आउला भन्ने सोच्याथिन मैले त
मान्छे भेटदा लुक्न पर्ने के हो अहिले त ।।

लैनो भैसी व्याको थियो खान्थ्यौ होला दुध र घिउ
कम्जारी थ्यो ख्याल गर है आफ्नो शरीर जिउ ।।

करेली र काँक्रा कति फलेका छन घरमा
आमा रुन्छिन छोरी आए खान्थीन दरमा ।

याद छ तिमीलाई पोहोर साल दर खाएर नाचेको
माइलाबाको आगनीको उखुँ भाँचेको ।।

कोरोनाले मर्छु भन्ने मनको डर भगाउ है
बाहिर हिड्दा सेनिटाइजर मास्क लगाउ है ।

तिमी नाच्ल्यौ मैले मिठा तिजका भाका गामला है
पिर नगर अर्को साल लिन आम्ला है ।।

२ भदौ २०७७, मंगलवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु