सिन्धुपाल्चोक लिदी पहिरोः मृतकको संख्या २४ पुग्यो

7.32K
shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् ।

आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएपछि मृतक बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिरामा बेपत्ता १५ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको छ ।

उक्त ठाउँमा पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083