राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने ४ जना पक्राउ

काठमाडौँ । एउटा म्युजिक भिडिओको नाममा राष्ट्रिय झण्डा जलाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महासाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार अहिलेसम्म ४ जनालाई पक्राउ गरिएको छ ।

Mangol Hop official नामक युट्युब च्यालनबाट युट्युबमा अपलोड गरिएको छ ।

https://youtu.be/THyGVAWzSx4 राष्ट्रियताको प्रतीक सम्पुर्ण नेपाली जनताको सम्मान रहेको राष्ट्रिय झण्डा जलाउने र समाजमा बिभेद फैलाउने खालको , “ बाहुन क्षेत्रि चोर हुन् “ भन्ने जस्ता शब्द प्रयोग गरिएको , सामाजिक सदभाव खलबलाउने कार्य गरिएको  छ।

प्रहरीले अझै ७ जनाभन्दा बढीलाई पक्राउ गर्न बाँकी रहेको जनाएको छ । उनीहरुको पहिचान समेत भएको महसाखाले जनाएको छ ।

गायक दोर्जे तामाङलाई पक्राउ गर्न चौतर्फी माग भएको छ ।

भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।

जनजाती आदिवासीको इतिहास, उत्पिडन र नेपालको बर्ण ब्यवस्थालाई गीतमार्फत भन्न खोजेपनि राष्ट्रय झण्डा जलाउनु र जातिय सद्भाव बिग्राने शब्दहरु राख्नु आपत्तिजनक भएको धेरैले टिप्पणी गरिरहेका छन् ।

गीतमा भगवान गौतम बुद्ध, बाबा अम्बेडकर लगायतका फोटोहरु समेत प्रयोग भएको छ । त्यस्तै देशका शिर्ष नेता, पुर्वराजा, पृथ्वी नारायण शाह लगाएतको तस्बीर पनि प्रयोग भएको छ ।

३ भदौ २०७७, बुधवार ०८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु