ट्रम्प अमेरिकी लोकतन्त्रका लागि खतरा भएको ओबामाको दाबी

9.54K
shares

आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपतीय निर्वाचन हुँदैछ। रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनबीच राष्ट्रपतिका लागि प्रतिस्पर्धा हुनेछ।

दुवै पार्टी अहिलेबाटै चुनावी अभियानमा सक्रिय भएका छन्। यसबीचमा पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन्।

चारदिने डेमोक्रेटिक पार्टीको सम्मेलनमा ओबामाले तेस्रो दिन ट्रम्पलाई इंगित गर्दै रिपब्लिकन पार्टीका उत्तराधिकारी काममा हुर्नन नसकेको बताएका छन्। ट्रम्प काममा हुर्कनै नसक्ने व्यक्ति भएको ओबामाको भनाइ छ।

ट्रम्प राष्ट्रपतिको काम गर्न असक्षम भएको ओबामाले पहिल्यैबाट दोहोर्याउँदै आएका थिए। ओबामाले ट्रम्प अमेरिकी लोकतन्त्रका लागि खतरा भएको पनि बताए। उनी भन्छन्,‘उनीहरुलाई हाम्रो लोकतन्त्र र शक्ति खोस्न नदिऔं।’

ओबामाले सो क्रममा आफ्ना पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको प्रशंसा गरे। उनले बाइडेन राष्ट्रपति बन्न सबैभन्दा सक्षम व्यक्ति भएको बताउँदै उनी आफ्नो साथी र भाइजस्तो भएको बताए।
ओबामाका भनाइहरु सार्वजनिक भएपछि ट्रम्पले पनि ओबामाको आलोचना गरेका छन्।

रुष्ट बनेका ट्रम्पले भनेका छन्,‘ओबामा र बाइडेनले राम्रो काम गर्न नसकेकै कारण म राष्ट्रपति बनेको हुँ। ओबामा प्रभावहीन राष्ट्रपति थिए। अब बाँकी युद्ध मैदानमा हेरौंला।’ एजेन्सी


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083