२२ वर्षे कार्कीमाथी एसिड प्रहार गर्ने दुईजना जेल चलान

5.43K
shares

काठमाडौं । राजधानीको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मुद्दाको सुनुवाइ गर्दै थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको हो ।

ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

अदालतले एसिड पीडित युवतीलाई पीडित राहत कोषबाट २ लाख रुपैयाँ राहत दिन पनि आदेश दिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083