स्वास्थ्यकर्मीले हप्काएर फर्काए, डायलासिसका बिरामीको एम्बुलेन्समै गयो प्राण

6.38K
shares

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा त्रुटी हुँदा बिरामीको अकालमै मृत्यु हुने घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ । यस अस्पतालमा बिरामीको ज्यानमाथि कसरी खेलवाड गरिन्छ भन्ने यो गतिलो प्रमाण पनि हो । पछिल्लोपटक भदौ ३ गते धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोद कुमार महतो श्वास फेर्न समस्या भएपछि उपचारका लागि प्रादेशिक अस्पतालमा लैजाँदा स्वास्थ्यकर्मीले डायलासिस नगरेका कारण छट्पटिएर उनको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालमा मृगौलाको डायलासिस गराउन आएका बेला उनको मृत्यु भएको हो । प्रादेशिक अस्पतालका चिकित्सकले डायलासिस गर्न नमानेपछि आफ्नो छोराको मृत्यु भएको प्रमोदका पिता जोगेन्द्र महतोले बताए ।

‘भदौ २ गते बिहान १० बजे नै हामीले प्रमोदलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्यायौं । मृगौलाका बिरामी भएकोले डायलसिस गर्नुपर्छ भनेर चिकित्सकले अस्पतालकै डाइलायसिस वार्डमा लैजान भनेका थिए ।’ जोगेन्द्र भन्छन् ‘हामीले इमर्जेन्सीको टिकट कटाएर उसलाई इमर्जेन्सी कक्षमा भर्ना गराएपछि त्यहाँ एउटा सुइँ लगाइयो तर पनि उसको श्वासप्रस्वासको समस्या ठीक भएन ।’

डायलासिस वार्डमा लगेर जोगेन्द्रले डायलासिस गर्दिन स्वास्थ्यकर्मीसंग आग्रह गरे तर, स्वास्थ्यकर्मीले यहाँ डायलासिस हुँदैन भन्दै हप्काएर फर्काएको जोगिन्दरको भनाई छ । ‘स्वास्थ्यकर्मीले नमानेपछि हामीले छोरालाई वार्डबाट बाहिर ल्याएर कुनामा बस्यौं,’उनले भने,‘त्यहाँ भएका स्वास्थ्यकर्मीले सबै देखिरहेका थिए । तर जति आग्रह गर्दा पनि कुनै चिकित्सकले उपचार गर्न मानेनन् ।’

अस्पतालमा उपचार नपाएपछि प्रमोदलाई उनको आमाबुवाले अटो भाडा गरेर राति करिब साढे ८ पुनः आफ्नो गाउँ लिएर गए । तर, घर पुगेपछि प्रमोदको अवस्था झन खराव हुँदै गयो । घरमा अस्था नाजुक भएपछि फेरि अस्पताल लगिएको महतो बताछन् । उनले उपचारका लागि बाहिर लैजाने योजना पनि बनाए । लकडाउनका कारण सम्भव भएन । बुधबार दिउँसो करिब २ बजे एम्बुलेन्समा राखेर धरान लैजाँदै गर्दा सिरहाको गोलबजार नपुग्दै उनले अन्तिम श्वास लिए ।’

काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पतालमा चेकजाँच गराउँदा करिब १ वर्षअघि प्रमोदलाई मिर्गौलामा समस्या देखिएको थियो । त्यसयता उनी औषधि सेवन गरिरहेका थिए । उनकी फुपू ललिता महतोले भनिन्,‘एक साताअघि मात्र प्रमोद शिक्षण अस्पतालमा उपचार गराएर स्वास्थ्यमा केही सुधार भएपछि घर फर्केका थिए ।’

अस्पतालका चिकित्सकहरुले उपचार नगरेपछि प्रमोदको मृत्यु भएको भन्दै अस्पताल प्रशासनको चौतर्फि आलोचना भइरहेको छ । यता अस्पताल प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिरामीको उपचार सम्बन्धि कुनै कागजात नरहकाले चिकित्सकहरुले उपचार गरेको दाबी गरेको छ । बिरामीले उपचार सम्बन्धी कुनै कागजात लिएर अस्पतालसम्म नआएको र प्रमोदको प्रादेशिक अस्पताल जनकपुरमा कहिल्यै डायलासिस समेत नभएको अस्पताल प्रशासनले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083