नेकपाको कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायाे
वि.सं.२०७७ भदौ ६ शनिवार २०:४१
10.66K
shares
shares

काठमाडौ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले शनिबार पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएकाे छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार लगातार सात घन्टा बैठक बसेर कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियाे ।
अध्यक्षद्वयकाे सहमतिमा विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न बालुवाटारमा प्रतिवेदन बुझेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले सर्वसम्मत तयार पारेकाे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएकाे जानकारी दिए ।































