बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता

9.52K
shares

रौतहट। रौतहटको धर्मपुरमा रहेको बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता भएका छन् । गढिमाई नगरपालिका- ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।

डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिका डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083