कोरोना विरुद्धको खोप आफ्नो नागरिकलाई  लगाउन थालिएको चीनको दाबी

11.4K
shares

काठमाडौ । चीनले कोरोना रोक्न आफ्ना नागरिकलाई खोप लगाउन थालिएको दाबी गरेको छ। चीनको कोभिड-१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुखसमेत रहेका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवेइले आपतकालीन प्रयोगका लागि खोप लगाउन सुरु गरिएको जानकारी दिएका हुन्।

चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा शनिबार बेइजिङको घरेलु कम्पनीबाट खोप लगाउन थालिएको उनले बताए।

‘काेराेनाकाे उच्च जाेखिममा रहेका मानिस जस्तै : स्वास्थ्यकर्मी, महामारी नियन्त्रक र भन्सार कर्मचारीमा खोप प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको छ,’ शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) मा बोल्दै चङले भने।

उनका अनुसार आपतकालीन प्रयोगका लागि दिएको आवेदनअनुसार चीनको केन्द्र सरकारले व्यापक छलफल र अध्ययनपछि जुन २४ मा योजनालाई अनुमोदन गर्दै अगस्ट २२ तारिखदेखि खोप लगाउन अनुमति दिएको हाे।

यस्तै चाइना नेसनल बायोटेक ग्रुपका प्रमुख याङ स्याउमिङले कम्पनीले खोपको तेश्रो चरण परीक्षणका लागि थुप्रै मुलुकसँग सम्झौता गरिसकिएकाे र अहिलेसम्म झन्डै २० हजार मानिसमा परीक्षण भइसकेको बताएका छन्।

‘खोप सुरक्षाका हिसाबले ग्यारेन्टी गर्नयोग्य छ तरर यसको प्रभावकारिताबारे गम्भीर अध्ययन भइरहेको छ,’ उनले भने।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले केही दिनअघि दिएकाे जानकारीअनुसार विश्वमा काेराेनाविरुद्ध विकास भएका खाेपमध्ये अहिलेसम्म ६ वटा तेस्रो चरणको परीक्षण प्रक्रियामा पुगेका छन् भने तीमध्ये ३ वटा खोप चीनले बनाएकाे हाे। एजेन्सी


divya collage
unigloble collage