मन्त्रिमण्डल पुनर्गठ तयारी: उपप्रधानमन्त्रीमा बामदेवको चर्चा, पत्नी पनि मन्त्रीको लाईनमा !

16.99K
shares

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान नजिक पुगेपछि मन्त्रिमण्डल पुर्नगठन हुने भएको छ । मन्त्रीमण्डलमा यसपटक नेकपाका केही प्रभावशाली नेताहरु समेतले स्थान पाउने भएका छन् । यसपटक मन्त्रीमण्डल पुर्नगठनमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई पनि महत्वपूर्ण मन्त्रालय सहित उपप्रधानमन्त्री बन्न प्रस्ताव पुगेको छ ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएरै सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् । तर, गौतमले आफू भविष्यमा पार्टीको नेतृत्वमा पुग्ने गरी काम गर्ने र त्यसका लागि अहिले देखि नै सहयोग गर्न आग्रह गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
गौतमले पटक पटक ओलीलाई सहयोग गरेको र त्यसको गुन चाहेको स्पष्ट भनेका छन् । उनले भविष्यमा एकता महाधिवेशनमा आफू अध्यक्षको दाबेदार रहेको खुलस्त बताएका छन् ।

ओलीले भने मिलेर जाऔं भन्दै आफूलाई पटक पटक सहयोग गरेकाले त्यसको उचित समयमा साथ दिएर देखाउने बताएको बुझिएको छ । प्रधानमन्त्री ओलीले इमान र जमानको विषय समेत गौतमसँग गरेको विश्वस्त स्रोतले बताएको छ ।
सरकारले राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित गर्न बाँकी एक सिटमा लाने चाहना प्रधानमन्त्री ओलीले गौतमलाई गरिसकेको बुझिएको छ ।

ओलीले चुनाव हारेका बामदेव राष्ट्रियसभामा मनोनित भएपछि सरकारमा जान मिल्छ कि मिल्दैन भनी कानुनी परामर्श समेत गरेका छन् । गौतमलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी ओलीको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को हप्ता सांसद मनोनित नभए पद छाड्नुपर्ने हुन्छ । उनले मनोनित नहुने सिग्नल पाइसकेका छन् । बिदावारीको कुरा समेत निकटस्थसँग भनिसकेका छन् । खतिवडाकै स्थानमा गौतमलाई लानेबारे छलफल बढेको छ ।
नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद लगभग अन्त्य भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागको अडानबाट पछि हटेपछि विवाद लगभग अन्त भएको हो । विवाद अन्तलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । उनले मन्त्रिमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीहरु हेरफेर गरेर पाँच वर्षे कार्यकाल सुनिश्चित गर्ने रणनीति बनाएका छन् ।
ओलीले विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा एउटा कार्यदल बनाएर सचिवालयबाट अनुमोदन समेत गराए ।

यसपटक अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतमले समेत कोटा पाउने छन् । उनीहरुको कोटाबाट मन्त्री बन्दा पनि ओलीको समर्थन विना असम्भव हुन्छ । त्यसैले उनीहरु गुटमा मिलाएर ओलीको साथ पनि खोज्न लागिपरेका छन् ।

प्रचण्ड आफ्नो पक्षबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टको बर्हिगमन चाहिरहेका छन् । उनीहरुले अप्ठ्यारो पर्दा साथ नदिएको भन्दै प्रचण्डले आफ्नो कोटामा नपार्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । तर ओली दुवैलाई राख्न चाहन्छन, बरु पम्फा भुषाल, जनार्दन शर्मा, देबेन्द्र पौडेललाई मन्त्री बनाउन प्रचण्ड तयार देखिएका छन् । माधव नेपाललेको कोटाबाट भीम रावल र सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ । झलनाथ खनालले पनि सुरेन्द्र पाण्डेलाई बढाउने भएकाले उनको सम्भावना बलियो रहेको छ ।

बामदेव गौतमले योगेश भट्टराई र घनश्याम भुषाललाई निरन्तरता दिनुपर्ने प्रस्ताव लाने तयारी गरेका छन् । उनलाई पनि राष्ट्रियसभामा लगेर मन्त्री बन्न प्रस्ताव छ । गौतमको कोटाबाट उनकी पत्नी तुलसा थापा पनि मन्त्री बन्ने सम्भावना बलियो रहेको छ । थापाको पक्षमा ओली पनि सकारात्मक छन् किनभने उनका पति गौतमले ओलीलाई अप्ठ्यारो समयमा साथ् दिएका थिए ।

ओलीलाई पटक पटक बालुवाटारमा भेट्न जाँदा उनले पत्नीलाई पनि मन्त्रि बनाउन आग्रह गरेका थिए, पत्नी थापा भने बामदेवको श्रीमती भन्दा पनि कम्युनिष्ट आन्दोलनमा आफुले दिएको योगदानको आधारमा मन्त्रि हुनुपर्ने मनस्थितिमा भएको स्रोतले बतायो ।

मुख्यमन्त्रीमा पनि एक या दुईजनाको हेरफेर हुनसक्ने बुझिएको छ । ३ नम्बर प्रदेशमा डोरमणि पौडेलको साटो अष्टलक्ष्मी शाक्य या पशुपति चौलागाईंको सम्भावना बलियो छ । प्रदेश १ मा पनि शेरधन राईको साटो भीम आचार्य आउनसक्ने सम्भावना छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083