कोरोना भाइरस संक्रमणका कारण पाटन अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा-१ को मृत्यु !

8.15K
shares

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ ।
काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

काठमाडौंका पुरुष भदौ ६ गतेदेखिअस्पतालमा उपचाररत थिए । त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचाररत थिए ।

त्यस्तै त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी नगरपालिका- ९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

मुटुसम्बन्धी, पित्तथैली र मिर्गौलाको समस्या देखिएको ती महिला् साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई त्यसै दिन कोरोना संक्रमण भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083