ओली र प्रचण्ड बीच छलफल सम्पन्नः नेकपा सचिवालय बैठक यही भदौ १३ गते बस्ने

8.33K
shares

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सचिवालय बैठक यही भदौ १३ गतेका लागि बोलाएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हो।अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले दुई अध्यक्षबीच भदौ १३ मा सचिवालय बैठक बोलाउने सहमति भएको जानकारी दिए।

‘भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय भएको छ’, नेपालखबरसँग कुरा गर्दै सापकोटाले भने। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच भएको दुई घण्टा लामो छलफलमा भदौ १३ गते ११ बजे पार्टी सचिवालयकोे बैठक बोलाउने सहमति भएको जानकारी दिए।

सचिवालय बैठकको एजेन्डा पार्टीभित्र देखिएको विवाद समधानका लागि बनाइउको कार्यदलले बुझाएको प्रतिवेदन रहेको सल्लाहकार थापाले जानकारी दिए। नेकपाभित्रको विवाद समाधानको लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले शनिबार १७ पृष्ठ लामो प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो। प्रतिवेदनमा ओलीले पाँचैवर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डको अधिकार वृद्धि गरी पार्टी सञ्चालन गर्नपर्ने सुझाव दि


divya collage
unigloble collage