महानगरीय प्रहरी वृत मालीगाउँमा सई कुँवरको यस्तो हर्कत, कार्यालयभित्रै मदिरादेखि युवतीसम्म

28.29K
shares

काठमाडौँ । महानगरीय प्रहरी वृत मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) अमरबहादुर कुँवरले तल्लो दर्जाका प्रहरी कर्मचारीमाथि दादागिरी देखाउँदै आएका छन् । विगत अढाई बर्षदेखि सुवेदार मेजरको जिम्मेवारी पाएका सई कुँवरले कार्यालयभित्रै रक्सी सेवनदेखि केटीसम्म राख्ने गरेका छन् ।

सई कुँवरलाई रक्सी, खाजाको व्यवस्थापन नगर्ने तल्लो तहका प्रहरी कर्मचारीमाथि विभिन्न बाहाना बनाई प्रहरी संगठनबाट प्राप्त हुने सेवा सुविधाबाट बञ्चित गराउने गर्दै आएको खुलेको छ। कुँवरले पाएको जिम्मेवारीअनुसार कार्यालय प्रमुखलाई तल्लो तहका प्रहरी कर्मचारीको वास्तविक समस्याको जानकारी नगराई सेवा सुविधाबाट बञ्चित गराउँदै आएका छन् ।

सरुवा र बढुवा भई अन्य कार्यालय जाने प्रहरी कर्मचारीहरुबाट रकम असुल गर्ने र एक रातको व्यवस्थान गर्न दवाव दिने र त्यसमा सहमत नभए प्रक्रिया अगाडि नबढाउने गरेको गुनासो प्रहरी कर्मचारीले गरेका छन् ।

कुँवरले विगतदेखि यस्ता कार्य गर्दै आएको हुँदा २०७५ भदौतिर कुँवरविरुद्ध महानगरिय प्रहरी कार्यालय रानिपोखरी, परिसर टेकुमा पीडित कर्मचारीले उजुरी पनि दिएका थिए ।

त्यसपछि रानिपोखरीले कुँवरलाई कारवाही गरी नजिता पठाउन तत्कालिन कमलपोखरी वृतलाई आदेश दिएको थियो । त्यतिबेल वृत्त प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) कुलदेव चन्द थिए । उक्त पत्र बोकेर कुँवर चन्दसम्म आफै पुगेका थिए ।

तर कारवाही हुनुको साटो उक्त नै गायव गरिएको थियो । महानगरी प्रहरी कार्यालय रानिपोखरीको आदेशअनुसार कुँवरलाई कारवाही नभएपछि झन् मनोवल बढ्यो । आफूलाई खानपानको व्यवस्था नगर्ने कर्मचारीलाई विभिन्न बाहानामा बनाई दुःख दिँदै कुँवरको दादागिरीको सीमा नाघ्यो ।

कार्यालयभित्र सामुहिक खवाई र सुताई हुने भएपनि कुँवरले आफ्नो सुत्ने विशेष कोठाको व्यवस्था गरेका छन् । तल्लो तहका कर्मचारीले खान पनि त्यही पुर्याउनु पर्ने र मदिराको व्यवस्था पनि गर्नु परिरहेको गुनासो अन्य कर्मचारीको छ ।

कुँवरको गलत कार्य यतिमा सिमित रहेन । उनले कार्यालयमा प्राप्त जिन्सी सामानहरु पनि बिक्री गर्ने प्रयास गरेको बताइन्छ । स्रोतका अनुसार पुतलसडक चोक नजिक चावीसहितको व्यवारिसे अवस्थामा भेटिएको बुलेट मटरसाइकल डिउटीमा रहेका प्रहरी कर्मचारीले कार्यालयमा बुझाएका थिए ।

कुँवरले आफू नजिक कर्मचारीलाई प्रयोग गरी उक्त मोटराइकल गोप्य रुपमा बेच्न प्रयास गरेको बताइन्छ । त्यसको लागि कार्यालयमा जडान गरिएको सिसि क्यामारको बत्ति अवरुद्ध गरेर कार्यालयको परिसरमा मोटरसाइकल राखिएको उठाउन लगाएको कर्मचारीले बताएका छन् ।

परिसरबाटै मोटरसाइकल एकाएक हराएपछि वृतमा हंगामा मच्चिएको थियो । कुँवरले मोटरसाइलक अपराध महाशाखाको टोलीले लिएको आरोप लगाए ।

अपराध महाशाखाको टोलीले मोटरसाइकलको धनी पत्ता लगाएर जानकारी गराएका थिए । मोटरसाइकल धनी कमलपोखरी वृतमा पुग्दा सई कुँवरले धम्की दिँदै एक हप्तापछि आउने भनेर पठाएका थिए ।

उक्त मोटरसाइल एक हप्तापछि फेरि एकाएक कार्यालय परिसरमा भेटिएको थियो । कुँवरकै योजनामा उक्त मोटरसाइलक बेच्ने योजना बनाएको तर अपराध महाशाखाको टोलीले धनी पत्ता लगाएपछि योजना असफल भएको बताइएको छ ।

हाल कुँवरले आफूसँगै प्रशासन शाखामा काम गर्ने प्रहरी जवानलाई पनि चोरीको स्कुटर चलाउन दिएका छन् । उक्त स्कुटरबारे कार्यालय प्रमुखलाई कुनै जानकारी गराइएको छैन ।
यस्ता हर्कत गर्दै आएका सई कुँवरले २०७७ साउन ३१ गते दिउँसो १ बजेतिर एउटा युवतीलाई आफ्नो कोठामा ल्याएका थिए । उनले कार्यालयभित्रै अलगै सुत्ने विशेष कोठा बनाएका छन् । सोही कोठामा कुँवर र युवतीले ५–६ घण्टा सँगै बिताएका थिए । “उहाँ (कुँवर) को नातेदार भएको भए त्यत्रो समयसम्म कोठामा बन्धक बनाएजसरी राख्नु आवश्यक थिएन । युवतीसँगै कोठाभित्र पस्नु भएको थियो, युवती बाहिएपछि निस्किनुभयो” प्रशासनमै काम गर्ने कर्मचारीले बताए ।

उक्त युवतीलाई ल्याउन र पठाउन प्रशासनमै काम गर्ने एक कर्मचारीले सहयोग गरेका थिए । युवती मुख छोपेर कार्यालयभित्र प्रवेश गरेको र जानेबेला पनि त्यसैगरी बाहिरिएको सँगैका कर्मचारी बताउँछन् ।
त्योभन्दा पहिले पनि सई कुँवरले कार्यालयभित्र युवतीलाई ल्याएको अन्य कर्मचारीले थाहा पाएपछि हंगामा मच्चिएको थियो । तर, त्यतिबेला आफ्नी श्रीमती भन्ने जवाफ दिएका थिए ।
सई कुँवरले कार्यालयका सामानामा पनि आँखा लगाउने गरेका छन् । कमलपोखरीबाट वृत मालिगाउँ स्थान्त्रण हुँदा नयाँ कार्यालयको लागि भनेर खरिद गरिएका ५–६ स्टील र फलामका कुर्सीबीच बाटोबाटै ट्याक्सीमा राखेर आफ्नो कोठामा लगेको कर्मचारीले बताएका छन् ।

त्यसैगरी सईको कुँवरकै आडमा अन्य कर्मचारीले प्रहरी संगठनको अनुशासन विपरित काम गर्दै आएका छन् । आफू नजिकका कर्मचारीलाई अनुशासनविपरित कार्य गर्दा पनि छुट दिँदै आएका छन् । महिला तथा बालबालिका सेवा केन्द्रको जिम्मेवारी पाएकी प्रहरी जवान शुशिला कार्कीले पनि कुँवरकै आडमा कार्यालयमा हाजिर नहुने र जिम्मेवारी पूरा नगर्ने गरेको सँगै काम गर्ने कर्मचारीहरु बताउँछन् ।

कार्की अधिकांश समय कार्यालय बाहिर नै हुन्छन् र आउँदा पनि पोशाकविहीन आएर हाजिर लगाएर बाहिरिने गरेको बताइएको छ । त्यस्तै, कुँवरले आफू निजकका कर्मचारीले मदिरा सेवन गरी डिउटीमा आउँद पनि विभागीय कारवाही नगरी बचाउँदै आएका छन् । संगठनको अनुशासन विपरित काम गरेका एक कर्मचारीलाई कारवाही भन्दै झन् सजिलो डिउटी मिलाएका छन् ।
सई कुँवरकै संरक्षरणमा मोटरसाइकल डिउटी गर्दै आएका प्रहरी जवान शेखर खरेलले संगठनको अनुशासन विपरित कार्य गर्दै आएका छन् ।

उनले केही समय अघि आफू सई भएको भन्दै पुतलीसडकस्थित इन्टरटेटमेन्ट रेष्टुरेन्ट एण्ड डान्सबारमा खाएको बील नतिर्ने भन्दै झगडा गरेका थिए ।

डान्सबारका संचालकले प्रहरीको १०० नम्बर फोन गरेर सई हुँ भन्दै खरेलले धम्की दिएर खाजा खाएको बील नतिरेको जानकारी गराएका थिए ।
रानिपोखरी तुरुन्त तत्कालिन डिएसपी भरत बिकलाई कारवाही गर्न निर्देशन दिएको थियो ।

त्यसपछि खरेललाई कारवाहीरुवरुप मोटरसाइकल डिउटीबाट हटाइएको थियो । नयाँ कार्यालय प्रमुख आएपछि खरेललाई सादा पोशाकमा खटाइएको छ ।

कुँवरले खरेललाई सादा पोशाकमा खटाउन सिफारिस गरेका थिए । अहिले डिएसपी खुमलाल भुसाल मालिगाउँ वृतका प्रमुख छन् । भुसालको जानकारी विनै कुँवरका यस्ता हर्कत गर्दै आएका छन् ।

कुँवरले कार्यालयका हवाल्दारदेखि प्रहरी निरिक्षकसम्मलाई प्रभावमा पार्दै गलत कार्य गर्दै आएका छन् । उनका यस्ता कार्यले वृत प्रमुखले सोचेअनुसार काम हुन नसकेको अन्य कर्मचारी बताउँछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083