नेपालमा थप ८८५ जना कोरोना पुष्टि, संक्रमित संख्या ३४ हजार ४१८ पुग्यो

6.12K
shares

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३९ जना रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083