नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो
वि.सं.२०७७ भदौ १० बुधवार १७:१२
5.82K
shares
shares

काठमाडौं । नेपालमा (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो ।
दुई महिला र ९ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । योसँगै कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ।






























