कास्कीको हेम्जा केन्द्रविन्दू भएर ३.१ रेक्टर स्केलको भूकम्प

12.01K
shares

कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ।

हेम्जा केन्द्रविन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो। भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयवासी लक्ष्मी पाण्डेले जानकारी दिए।

उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ।

यसअघि बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्प. गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियाे ।

यसगरी मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प गएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083