आफ्नै मोडलिङमा गौतमको म्युजिक भिडियो सार्वजनिक

पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका छन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ ।

गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यसमा सार्वजनिक भएका र हुन बाँकी उनका रचनाहरु संग्रहित छन् । प्राय गीतहरु राष्ट्रियताले ओतप्रोत छन् ।

त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ ।

राष्ट्रभक्तिमा आधारित रहेको गीतलाई मनोहर सुनामको एरेन्जमा संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् ।

गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका छन् ।

१२ भदौ २०७७, शुक्रवार १७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु