झारफुकको बहानामा मन्दिरको कुटीमा बोलाई बलात्कार गर्ने पुजारी पक्राउ

बाँके ।  बाँकेमा झारफुक गर्ने बहानामा दुई जनालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

डुडुवा गाउँपालिका ५, कम्मरजँहास्थित बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा बोलाई बलात्कार गरेको आरोप छ ।

उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

पुजारीले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा मन्दिरको कुटीमा बोलाई बलात्कार गरेको खुलेको छ ।

१२ भदौ २०७७, शुक्रवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु