अखिल क्रान्तिकारीले भन्यो : कक्षा ११ को भर्ना र कोटा बुक गराउने कार्य नरोक्ने विद्यालयलाई कारवाही

7.27K
shares

काठमाडौँ । अखिल क्रान्तिकारीले कोरोना भाइरस महामारीको संकटमा पनि कतिपय शैक्षिक संस्थाहरुले अभिभावकसँग रकम असुली रहेको बताएको बताउँदै ध्यानाकर्षण भएको बताएको छ । उसले एसईई नतिजा सार्वजनिक भएसँगै केही निजी विद्यालयहरुले कोटा बुक गराउने नाममा असुली गरिरहेका भन्दै तत्काल रोक्न माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शनिबार एक विज्ञप्ति जारी गर्दै केही शैक्षिक संस्थाहरुले कक्षा ११ मा भित्रभित्रै भर्ना लिने, कोटा बुक गराउने, भर्ना सम्बन्धि व्यापक प्रचारप्रसार गर्ने र विद्यार्थी अभिभावकमा भ्रम सिर्जना गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

“हालै एसईईको रिजल्ट सार्वजनिक गरिए पश्चात केही शैक्षिक संस्थाहरुले कक्षा ११ मा भित्रभित्रै भर्ना लिने, कोटा बुक गराउने, भर्ना सम्बन्धि व्यापक प्रचारप्रसार गर्ने र विद्यार्थी अभिभावकमा भ्रम सिर्जना गर्ने काम भइरहेकोले उक्त क्रियाकलाप तत्काल बन्द गर्न जोडदार माग गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, संयोजक बिकले कक्षा १२ को बार्षिक परीक्षा विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरु, नतिजा प्रकाशन, प्राबिधिक तर्फका प्रबेश परिक्षाहरु, नयाँ भर्नालगायत यो शैक्षिक सत्र नै खेर जान सक्ने सम्भावनाको बिषयमा विद्यार्थीहरुमा गम्भीर मनोबैज्ञानिक असर परिरहेको बताएका छन् । उनले शिक्षा मन्त्रालय र बिश्वविद्यालयद्वारा स्पष्ट र वैज्ञानिक योजनासहित शैक्षिक क्षेत्रमा उत्पन्न अन्यौलताको तत्काल अन्त्य गर्न समेत माग गरेका छन् ।

काठमाडौ उपत्यकाका केही निजि शैक्षिक संस्थाहरुले अहिलेको संकटमा मानवीय समबेदनाको पक्षमा न्यूनतम ख्याल नगरी अभिभावकसँग जबरजस्ती शूल्क असुलिरहेका सूचना प्राप्त भएको बताउँदै सो कार्य रोक्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

“मल्पिसिटी स्कुल बालुवाटार, डियर वाक स्कुल सिफल, मिल्सेबेरी स्कुल महाराजगन्ज, रातोबंगला स्कुल ललितपुर, युलेन्स स्कुल ललितपुर, प्रिमिएयर स्कुल ललितपुरलगायतका निजि स्कुलहरुले अभिभावकहरुलाइ शूल्क तिर्न जबरजस्ती गरिरहेको कुराले हाम्रो संठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्ता बिद्यालयहरुलाइ उक्त कार्य तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छौं” विज्ञप्तिमा उल्लेख छ । कोरोना संकटमा समेत धन थुपार्न मरिहत्ते गर्ने शैक्षिक माफिया, दलाल र तिनका बिद्यालयहरुलाई संगठनले कारवाही गर्ने समेत चेतावनी दिएका छन् ।

त्यसैगरी त्रिभुवन बिश्वविद्यालयद्वारा विद्यार्थीहरुलाई अन्यौल र भ्रम सिर्जना हुनेगरी परीक्षाको बिषयमा थरिथरिका सूचना प्रकाशित गरेर विद्यार्थीलाई मनोवैज्ञानिक दवाव र अन्यौलता सिर्जना गरिहरेको भन्दै त्यस्तो कार्य नगर्न समेत विज्ञप्तिमा भनिएको छ । यसले बिश्व विद्यालयजस्तो महत्वपूर्ण संस्थाले स्थितिको सामान्य मुल्यांकन समेत गर्न नसक्नुले क्षमता र हबिगतबारे स्पष्ट समेत संयोजक बिकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तो छ विज्ञप्तिः

कोरोना महामारीको कारण उत्पन्न गम्भीर संगठनका कारण नेपालको शिक्षा क्षेत्र समेत अत्यन्तै प्रभावित भएको छ । शैक्षिक क्षेत्रका निम्न विषयहरुमा सम्बन्धित पक्षसँग जोडदार मागसहित सङ्गठनको तर्फबाट यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. कक्षा १२ को बार्षिक परीक्षा विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरु, नतिजा प्रकाशन, प्राबिधिक तर्फका प्रबेश परिक्षाहरु, नयाँ भर्नालगायत यो शैक्षिक सत्र नै खेर जान सक्ने सम्भावनाको बिषयमा विद्यार्थीहरुमा गम्भीर मनोबैज्ञानिक असर परिरहेको छ । साथै शिक्षक, अभिभावक र सरोकारवाला सबैमा उक्त बिषयमा गम्भीर चिन्ता र अन्यौलता सिर्जना भइरहेको छ । त्यसैले शिक्षा मन्त्रालय र बिश्व विद्यालयद्वारा स्पष्ट र बैज्ञानिक योजनासहित शैक्षिक क्षेत्रमा उत्पन्न अन्यौलताको तत्काल अन्त्य गरियोस् ।

२. भर्खरै सार्बजनिक गरिएको एसईईको रिजल्ट पश्चात केही शैक्षिक संस्थाहरुले कक्षा ११ मा भित्रभित्रै भर्ना लिने, कोटा बुक गराउने, भर्ना सम्बन्धि व्यापक प्रचारप्रसार गर्ने र विद्यार्थी अभिभावकमा भ्रम सिर्जना गर्ने काम भइरहेकोले उक्त क्रियाकलाप तत्काल बन्द गर्न जोडदार माग गर्दछौं ।

३. त्रिभुवन बिश्वविद्यालयद्वारा विद्यार्थीहरुलाई अन्यौल र भ्रम सिर्जना हुनेगरी परीक्षाको बिषयमा थरिथरिका सूचना प्रकाशित भइरहेको छ । बिश्वविद्यालयजस्तो महत्वपूर्ण संस्थाले स्थितिको सामान्य मुल्यांकन समेत गर्न नसक्नुले विश्वविद्यालयको क्षमता र हबिगतबारे स्पष्ट हुन्छ । हाम्रो सङ्गठन यस्ता भ्रमपूर्ण र थरिथरीका सुचना सम्प्रेषण बन्द गर्न र विद्यार्थीहरुमा अनावश्यक रुपमा मनोबैज्ञानिक दबाब र अन्यौलता सिर्जना नगर्न त्रिभुवन बिश्वबिद्धालयलाई विशेष अपिल गर्दछ ।

४.काठमाडौ उपत्यकाका केही निजि शैक्षिक संस्थाहरुले अहिलेको चरम सङ्कटमा मानवीय समबेदनाको पक्षमा न्युनतम ख्याल नगरी अभिभावकसङ्ग जबर्जस्ति शुल्क असुलिरहेका सूचना प्राप्त भएका छन् । मल्पिसिटी स्कुल बालुवाटार, डियर वाक स्कुल सिफल, मिल्सेबेरी स्कुल महाराजगन्ज, रातोबंगला स्कुल ललितपुर, युलेन्स स्कुल ललितपुर, प्रिमिएयर स्कुल ललितपुरलगायतका निजि स्कुलहरुले अभिभावकहरुलाइ शुल्क तिर्न जबरजस्ती गरिरहेको कुराले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता बिद्यालयहरुलाइ उक्त कार्य तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छौ ।

५. शिक्षा मन्त्रालय र अन्य सरोकारवाला निकायलाई शैक्षिक गतिविधिहरुको कडा अनुगमन गर्न, शूल्क असुल्ने, आधिकारिक निर्णय बिना विद्यार्थी भर्ना गर्ने बिद्यालयहरुमाथी कार्बाही गर्न जोडदार माग गर्दछौं ।अन्त्यमा, जनताको ज्यान नै जोखिमपूर्ण भइरहेको अहिलेको संकटपूर्ण परिस्थितिमा समेत धन थुपार्न मरिहत्ते गर्ने शैक्षिक माफिया, दलाल र तिनका बिद्यालयहरुलाई संगठनको तर्फबाट समेत उपयुक्त समयमा कारवाही गरिने ब्यहोरा अवगत गराउन चाहन्छौं । क्रान्तिकारी अभिबादन सहित !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083