फौजी मोर्चादेखि विद्यार्थी राजनीतिक मोर्चा सम्हालेका रन्जित तामाङ विद्यार्थी आन्दोलनका नायक हुन्

Nepal Life Insurance Long Ad

-श्याम रोक्का /त्याग,बलिदान र अद्वीतीय कथाहरू रच्दै राजतन्त्रात्मक युगको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याउन सक्रिय भुमिका निर्वाह गर्ने अनेरास्ववियूका स-संयोजक रन्जित तामाङ विद्यार्थी आन्दोलनका नायक मात्र होइन, शैक्षिक माफीयाहरुका विरुद्ध खलनायक हुन्।

‘सडक बाघ’को रुपमा परिचीत विद्यार्थी आन्दोलनका अगुवा रन्जित तामाङ दुइ/चार व्यक्तिको हुइँया बाट लाखौं विद्यार्थीहरुका भविष्य निर्माणको अभिभारा बाट च्युत हुन संभव छैन भने, आफ्नै छुट्टै विरासत बोकेका तामाङ कसैको इसाराका सारथी हुन आवश्यक छैन।

वर्तमान परिपेक्षमा शक्तिशाली पार्टीका अनेरास्ववियू विद्यार्थी आन्दोलनको अगुवा बनाइएकाहरु विद्यार्थी नेताहरू शैक्षिक लम्पसार र लम्पटवादी हुँदै शैक्षिक माफियासँग चुर्लुम्म फस्न खोज्नु र समाजवादी शिक्षा, शैक्षिक क्रान्ति, जनवादी शिक्षा, शिक्षामा निम्नमध्यम र तल्लो वर्गको पहुँचको नारा शून्य र लाखौं विद्यार्थीको भविष्य अन्योल पर्दा समेत आफू चुँं: सम्म नबोल्ने तर रन्जित तामाङ्ग बिद्यार्थीकाे पक्षमा बाेल्दा, राष्ट्रियताकाे पक्षमा बाेल्दा, जनजिविकाकाे पक्षमा बाेल्दा, न्याय र समानताकाे पक्षमा बाेल्दा, ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्दा, कोही कसैकाे आपत्ति हुनु अत्यन्त बिडम्बना हो भने यो हर्कत शैक्षिक माफियाका नमुनाहरुका केवल निरर्थक र तामाङ बिरुद्ध आत्मदाह बाहेक अरु होइन।

निम्नमध्यम वर्गिय अभिभावक र उनीहरूका छोराछोरीको शिक्षामा सहज, सरल, सम्मानजनक र समतामुलक पहुँचको सुनिश्चितता गर्न दवाब दिन, वर्गीय रुपमा दुई थरी शिक्षाप्रणाली अन्त्य गर्ने, शैक्षिक व्यापारीहरूलाई निषेध गर्दै शिक्षामा राज्यको पूर्ण लगानी तथा दायित्वको ग्यारेन्टी गर्ने रन्जित तामाङ लड्दै गर्दा क्लब र डान्स वारमा अराजक मच्चाउन व्यस्त साथीहरू विद्यार्थी आन्दोलनको मर्म थाहा नपाउन पनि सक्छन् तर यस बारे सचेत आमा विद्यार्थीहरुले उनीहरू विरुद्ध खबरदारी गर्न आवश्यक छ।

यद्यपि विद्यार्थी आन्दोलनको मर्मलाई बुझ्ने हो भने, विद्यार्थी आन्दोलनका अगुवा साथीहरूले निजी शैक्षिक माफियासँग सम्बन्ध विच्छेद गर्न अब तयार हुनु पर्छ, नेपाली क्रान्ति पछि बनेको संघीय गणतन्त्र नेपालको जनमुखी संविधानमा लिखित शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकारलाई अबको आर्थिक वर्षमा दृढताको साथ कार्यान्वयन गर्ने साहस गर्नु पर्छ। होइन भने-रन्जित तामाङ बिरुद्ध आत्मदाह बाहेक उनीहरूको अरु विकल्प रहने छैन ।

लेखक श्याम रोक्का अनेरास्ववियू केन्द्रिय सदस्य हुन् ।

१४ भदौ २०७७, आइतवार ०९:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु