ओली–प्रचण्डले तयार गरे बैठको एजेन्डा, स्थायी समिति सदस्यलाई इमेलबाट पठाइने

9.91K
shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाइएको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार पारेका छन् , प्रस्ताव ओली र प्रचण्डले बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिएका हुन् । पार्टीभित्रको समस्या समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझाब र गत १८ भदौको सचिवालय बैठकमा नेताहरूबाट प्राप्त सुझाबका आधारमा उनीहरूले प्रस्तावको गृहकार्य गरेको हो।

दुई अध्यक्षले अन्तिम रूप दिएको सहमतिको प्रस्तावसहितका एजेन्डा अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत उपलब्ध गराइनेछ । ओली र प्रचण्डले तयार पारेको प्रतिवेदनमा आधारित भएर छलफलका लागि बोलाइएको बैठक सकभर दुई दिनभित्रै सम्पन्न गर्ने नेकपाको तयारी रहेको स्रोतले जनाएको छ ।

गत ८ वैशाखबाट १३ साउनसम्म उत्कर्षमा पुगेको विवादलाई शुक्रबार बस्ने स्थायी कमिटी बैठकबाट समाधानतर्फ लैजाने योजना दुई अध्यक्षले लिएको नेकपा स्रोतले जनाएको छ । त्यसलगत्तै मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक अंग र महत्वपूर्ण स्थानमा राजनीतिक नियुक्तिका विषयहरू टुंग्याउने प्रधानमन्त्री ओलीले तयारी गरेका छन् ।

बुधबार भएको दुई अध्यक्षको भेटवार्तामा तय भएका एजेण्डालाई कार्यान्वयनमा लैजादा आउनै परिणामका बारेमा समेत छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।  नेकपामा खासगरी दुई अध्यक्षको कार्यविभाजनबारे कार्यदलले प्रस्ट पारेपनि वरिष्ठ नेता नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कसरी समेट्ने भन्ने प्रश्न बाँकी नै रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083