काठमाडौंमा आज बिहानै विष्फोट

10.6K
shares

काठमाडौं । काठमाडौंमा आज बिहानै विष्फोट हुँदा एक महिला घाइते भएकी छिन् ।

कागेश्वरी मनहरा नगरपालिका–९ मानेटारमा बिहान करिब ६ः०५ बजे ठूलो आवाजमा विष्फोट भएको थियो ।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छिन् । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विष्फोट मीराको भान्साकोठामा भएको थियो। विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको छ ।

घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले असई रूपेन्द्र श्रेष्ठको नेतृत्त्वको प्रहरी टोली परिचालित भएको छ ।

ग्यास वा कुकर विष्फोट भएको अनुमान गरे पनि त्यस्तो नदेखिएकोले अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083