बहराइन राजदूतावासले विमान च्याटर गरी नेपालीलाई स्वदेश पठायो!
वि.सं.२०७७ भदौ २७ शनिवार ११:४५
shares

काठमाडौँ, २७ भदौ । विश्वभरी फैलिएको कोभिड–१९ को कारण उत्पन्न बिषम परिस्थितीमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान च्याटर गरेर विहिवार नेपाल ल्याएको छ । कम्पनि बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुकलाई फर्काएको हो ।
त्यसैगरी राजदूतावासले बिदामा बहराईनबाट नेपाल आएपश्चात फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगीत भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १४५ जना नेपालीलाई पहिलो पटक बहराइन फर्काएको राजदूत पदम सुन्दासले राससलाई जानकारी दिनुभयो । ‘हाम्रो साथ आमाको काख’ अभियान को सहयोगमा उहाँहरु बहराइन फर्किनुभएको हो । मनामास्थित बहराइनका लागि नेपाली राजदूतावासले गत हप्ता अन्तर्राष्ट्रिय उडान स्थगीत भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक २७४ नेपाली नागरिकको नामावली सार्वजनिक गरेको थियो ।
अहिले करिब ५० हजार संक्रमित छन । करिब पाँचसय जना नेपालीलाई संक्रमण भयो । यहाँ स्वास्थ्य व्यवस्था राम्रो भएकाले धेरै असर गरेन । कसैलाई कोरोना लाग्यो भने कडा निगरानी गरिन्छ ।
राजदूत सुन्दासले भन्नुभयो,–“कोरोना सुरु भएपछि सानो लगानीका होटल रेष्टुरेण्टहरु बन्द भए, होटलहरु करिब—करिब बन्द भए, करिब १३ सय नेपालीले रोजगारी गुमाएका छन, हामीले समस्यामा परेकालाई तुरन्तै अप्रिल महिनामा नेपाल जान चाहेकालाई पठायौँ । ९ सय २७ जना नेपाल छुट्टीमा फर्किए ।” ती मध्ये १४५ जनालाई पुनः रोजगारीमै बहराइन फर्किएका छन । नेपाल फर्किन चाहने ३०० जना नेपाली मध्ये १४६ लाई नेपाल फर्किएका हुन । बाँकी नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान च्याटर गरेरै नेपाल ल्याउने र बहराइन लैजाने योजना रहेको राजदूत सुन्दासको भनाइ छ ।
उहाँले भन्नुभयो, “अझै धेरै नेपाल जाने तयारीमा छन । छिटटै पठाउँछौं । नेपाली भोकै भएर दुःख पाएर बस्नु परेको छैन । हामीले रासनपानी उपलब्ध गराएका पनि छौँ । सम्पर्कमा आएकालाई उद्धार राहत तथा खानवस्नको व्यवस्था गरेर पठाएका छौँ ।”राजदूतावासले विमान च्याटर गरेर नेपाली कामदारलाई बहराइन पु¥यायो
काठमाडौँ, २७ भदौ । विश्वभरी फैलिएको कोभिड–१९ को कारण उत्पन्न बिषम परिस्थितीमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४५ जना नेपालीलाई विमान च्याटर गरेर विहिवार नेपाल ल्याएको छ । कम्पनि बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुकलाई पठाइएको हो । कोभिड–१९ पछि नेपाल जान फारम भरेका एक हजार ५०० मध्ये ९८७ जना त्यसअघि र विहिवार १४५ गरी अहिलेसम्म एक हजार १३२ जना नेपाल फर्किसकेका छन् । अब नेपाल फर्किन इच्छुक करिव ४०० जनालाई पनि नेपाल पठाउने तयाी गरिएको राजदूतावासले जनाएको छ ।
त्यसैगरी राजदूतावासले बिदामा बहराईनबाट नेपाल आएपश्चात फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगीत भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १४५ जना नै नेपालीलाई पहिलो पटक बहराइन फर्काएको राजदूत पदम सुन्दासले राससलाई जानकारी दिनुभयो । मनामास्थित बहराइनका लागि नेपाली राजदूतावासले गत हप्ता अन्तर्राष्ट्रिय उडान स्थगीत भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक २७४ नेपाली नागरिकको नामावली सार्वजनिक गरेको थियो । अहिले करिब ५० हजार संक्रमित छन । करिब पाँचसय जना नेपालीलाई संक्रमण भयो । यहाँ स्वास्थ्य व्यवस्था राम्रो भएकाले धेरै असर गरेन । कसैलाई कोरोना लाग्यो भने कडा निगरानी गरिन्छ ।
राजदूत सुन्दासले भन्नुभयो,–“कोरोना सुरु भएपछि सानो लगानीका होटल रेष्टुरेण्टहरु बन्द भए, होटलहरु करिब—करिब बन्द भए, करिब १३ सय नेपालीले रोजगारी गुमाएका छन, हामीले समस्यामा परेकालाई तुरन्तै अप्रिल महिनामा नेपाल जान चाहेकालाई पठायौँ । उहाँले भन्नुभयो, “अझै धेरै नेपाल जाने तयारीमा छन । छिटटै पठाउँछौं । नेपाली भोकै भएर दुःख पाएर बस्नु परेको छैन । हामीले रासनपानी उपलब्ध गराएका पनि छौँ । सम्पर्कमा आएकालाई उद्धार राहत तथा खानवस्नको व्यवस्था गरेर पठाएका छौँ ।” नेपाल फर्किन चाहने नेपालीहरुलाई ‘हाम्रो साथ आमाको काख’ नामक अभियानले पनि सहयोग गर्दै आएको छ ।





























