अनेरास्ववियुका संयोजक ऐन महरको दोहोरो चरित्र किन ?

Nepal Life Insurance Long Ad

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका संयोजक ऐन महरको दोहोरो चरित्र देखिएको छ ।

याे पनि…..
नेरास्ववियूका संयोजक महरकाे आपत्तिजनक भाषा : पूर्वप्रधानमन्त्री भट्टराईलाई श्रद्धाञ्जली !

कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा सरकारले गरेका कामकारवाही पारदर्शी नभएको सवत्र जनगुनासो बढिरहेका बेला महरले भने आलोचना गर्ने राजनीतिक दल, विभिन्न सामाजिक संघ संगठन र सर्वसाधारणलगायतको भावना विपरित सरकारको एकोहोरो भक्तिभाव गाएर आलोचना गर्नेहरुलाई नै गाली वर्षाउँदै आएका छन् ।

कोरोनासम्बन्धी व्यवस्थापनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि सर्वसाधारणले प्रश्न गरिरहेका बेला महरले भने ढकाललाई ‘हिरा’ भनेर उपमा समेत दिए । ‘भानुभक्त ढकाल हिरा हुन् ! किराहरुले जति फोहोर ल्याएर छोप्न खोजेपनि हिरा चम्किन छाड्ने छैन र एकदिन हिरा नै भएको प्रमाणित गर्नेछ’, महरले मन्त्री ढकालको बचाउ गर्दै केही समयअघि आफ्नो फेसबुक वालमा लेखेका थिए ।

त्यस्तै उनले ‘अहिले कोरोना भाइरसका विरुद्ध घरमै बसेर लडिरहेका छौँ, भुस्याहा कुकुर र गिद्धहरुको हिसावकिताव मैदानमा गरौँला’ भनेर तल्लोस्तरको गालीगलोज समेत सामाजिक सञ्जालमार्फत गरेका छन् । एउटा जिम्मेवार पार्टीको जिम्मेवार संगठनमा रहेको व्यक्तिले प्रयोग गरेका शव्दहरु कति तल्लोस्तरका छन् भन्ने उनले प्रयोग गरेका शव्दहरुबाटै प्रष्ट हुन्छ । यसो त उनले सामाजिक सञ्जाल र अन्य माध्यममा आफ्नो धारणा राख्दा मर्यादाको ख्याल नगरेको भनेर आलोचना समेत हुने गरेको छ ।

याे पनि….
जब ऐन महर खुकुरी र भालासहित क्याम्पसभित्र छिरे

यसैबीच क्रियाशिल विभिन्न संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी मंगलबार एक विज्ञप्ति जारी गरियो । कोरोना भाइरस कारण तत्काल नियन्त्रण नहुने भएकाले विद्यार्थीहरुको पठनपाठन तथा परीक्षा वैकल्पिक माध्यमबाट गर्न आग्रह मात्रै गरिएको छैन कोरोना भइरस नियन्त्रणका लागि औषधि खरिद, क्वारेन्टिन र अन्य व्यवस्थापनमा अनियमितता भएको समेत ठहर गरिएको छ ।

याे पनि….
संयोजक महरलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउन र आफ्नो औकातमा रहन चेतावनी

अनियमितता र भ्रष्टाचार छानविन गरी संलग्नहरुलाई कारवाही गर्न माग गरिएको उक्त विज्ञप्तिमा महरको समेत हस्ताक्षर रहेको छ ।

विप्लवलाई राष्ट्रघाती भन्ने महरलाई कमरेड दीपको काउण्टर जवाफ, ‘लैनचौर र महाराजगन्जका टाङ्भित्र छिर्ने तिमी कस्तो राष्ट्रवादी’

तल्लोस्तरमा टिकाटिप्पणी गरेर सरकार र आफूनिकटका नेताहरुको बचाउमा उत्रिने महरले अहिलेचाहिँ कोरोना नियन्त्रणमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरिएको विज्ञप्तिमा हस्ताक्षर किन गरे भन्दै विद्यार्थीहरुमाझ चर्चाको विषय बनेको छ । अनेरास्ववियूका एक नेताले महरको यो दोहोर चरित्र भएको भन्दै विगतमा भएका आक्रमक टिप्पणी गलत भएको अहिले आफै पुष्टि भएको प्रतिक्रिया दिए ।राताेपाटीबाट साभार !

याे पनि……
महरको गुट भेलाले अनेरास्ववियूको विवाद चरमोत्कर्षमा

अनेरास्ववियूका संयोजक ऐन महरले ज्यान मार्ने धम्की दिएपछि साइबर क्राइमको उजुरी दायर

३१ भदौ २०७७, बुधवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु