थप नेपालमा २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो
वि.सं.२०७७ असोज २ शुक्रवार १६:४४
8.45K
shares
shares

File photo
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २०२० नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षणमा २०२० जनालाई संक्रमण देखिएको जानकारी दिए।
कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ।
२४ घण्टा ८७१ जना डिस्चार्ज भएका छन्।
देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ।
































